बिहीबार , साउन २१ गते २०८३

५.५७ अङ्कले बढ्यो नेप्से

५.५७ अङ्कले बढ्यो नेप्से

अखबार दैनिक
मंगलबार, पुस १४ २०७७
  • ५.५७ अङ्कले बढ्यो नेप्से

    धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज साढे पाँच अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार पछिल्ला दिनमा झिनो अङ्कले उकालो लाग्दै आएको नेप्सेले आज पनि सोही गति समात्यो । नेप्से ५.५७ अङ्कले उकालो लागि दुई हजार १२.८९ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१३ ले घटेर ३८२.४४ पुगेको छ ।

    कूल २०९ कम्पनीका ८० लाख एक हजार ३१४ कित्ता शेयर रु चार अर्ब नौ करोड २२ लाख २७ हजार ८०२ मूल्यमा खरिदबिक्री भएका छन् । कारोवार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । निर्जीवन बीमा ११.८५, उत्पादन १९५.९ अन्य ५०.०७ र लघुवित्त ११.३७ अङ्कले बढ्दा बैंकिङ ९।७, व्यापार ३.२२, होटल ४.५४, विकास बैंक १८.९५, वित्त २.१५, जीवन बीमा ७०.०२ र सामूहिक लगानी कोष ०.०१ अङ्कले घटेको छ ।

    कारोवारका आधारमा नविल बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु ५३ करोड एक लाख ७७ हजार ९९० बराबरको कारोवार भयो । यस्तै शिवम् सिमेन्ट्सको रु २७ करोड ९३ लाख ८० हजार ६४२, ग्लोबल आइएमई बैंकको रु २३ करोड ५० लाख ८७ हजार ७०५, हिमालयन डिष्टिलरीको रु २० करोड आठ लाख १३ हजार १०४, नेपाल लाइफ इन्स्योरेन्सको रु १८ करोड ९८ लाख ३५ हजार १३७, नेपाल पुर्नबीमा कम्पनीको रु १८ करोड ७७ लाख ३८ हजार ५४७ र एनआइसी एसिया बैंकको रु १५ करोड छ लाख ५९ हजार १६७ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो ।

    नागरिक लगानी कोषका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतले कमाए । यस्तै नारायणी डेभलपमेन्ट बैंक ९.८९, हिमालयन जनरल इन्स्योरेन्स ७.५०, शिवम् सिमेन्टस् ५.६७, हिमालय डिष्टिलरी ४.८६ र एसविएल डिबेञ्चर २०८२ का लगानीकर्ताले ३.९७ प्रतिशतले कमाएका छन् । यसैगरी मल्टीप्रपोज फाइनान्स कम्पनीका शेयरधनीले छ प्रतिशतले गुमाएका छन् । सेन्ट्रल फाइनान्स ४.०९, मितेरी डेभलपमेन्ट बैंक ३.८६, युनाइटेड इदिमर्दी हाइड्रोपावर ३.७७, राधी विद्युत् कम्पनी ३.५३ र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.४० प्रतिशतले गुमाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार