बिहीबार , साउन २१ गते २०८३

प्रदेश २ नेकपाका संसदीय दलका नेताबाट हटाइए सत्यनारायण मण्डल

प्रदेश २ नेकपाका संसदीय दलका नेताबाट हटाइए सत्यनारायण मण्डल

अखबार दैनिक
मंगलबार, पुस २१ २०७७
  • प्रदेश २ नेकपाका संसदीय दलका नेताबाट हटाइए सत्यनारायण मण्डल

    प्रदेश २ मा नेकपाका संसदीय दलका नेताबाट सत्यनारायण मण्डल हटाइएका छन्। पार्टीको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षले मंगलबार मण्डललाई हटाएको हो। मण्डललाई हटाउन सो पक्षले मंगलबार संसदीय दलको बैठक बोलाएको थियो।

    मण्डल केपी ओली पक्षका नेता हुन्। प्रदेश २ मा नेकपाका ३२ प्रदेश सभा सदस्यमध्ये १९ जनाले मण्डलविरूद्ध अविश्वास प्रस्ताव पारित गर्दै उनलाई हटाएका हुन्। नेकपाका संसदीय दलको नयाँ नेतामा शत्रुघ्न महतो चयन भएका छन्। उनी माधवकुमार नेपाल निकट हुन्।

    गत शुक्रबार प्रचण्ड–नेपाल पक्षका सांसदले मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार