बिहीबार , साउन २१ गते २०८३

पूर्वप्रधान्यायाधीशहरुले गल्ती गरेको कांग्रेस नेता चन्द्र भण्डारीको ठहर

पूर्वप्रधान्यायाधीशहरुले गल्ती गरेको कांग्रेस नेता चन्द्र भण्डारीको ठहर

अखबार दैनिक
सोमबार, पुस २७ २०७७
  • पूर्वप्रधान्यायाधीशहरुले गल्ती गरेको कांग्रेस नेता चन्द्र भण्डारीको ठहर

    कांग्रेसका नेता चन्द्र भण्डारीले सर्वोच्च अदालतमा विचाराधीन विषयमा पूर्व प्रधानन्यायाधीशहरुले वक्तव्य निकाल्नु गलत भएको बताउनु भएको छ । पूर्वप्रधानन्यायाधीशहरुले वक्तव्य जारी गर्दा फैसला प्रभावित हुन सक्ने भएकाले उनिहरुले गलत गरेको टिप्पणी गर्नुभएको हो । सो वक्तव्यलाई लिएर सर्वत्र विरोध भईरहेका बेला उहाले सो कुरा बताउनु भएको हो ।

    संसद विघटन भईसकेको अवस्थामा अब निर्वाचनमा जानु नै उत्तम विकल्प भएको उहाको भनाई छ । सोमबार बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै उहाले संसद विघटनको विषयमा सर्वोच्चले गर्ने फैसलालाई सबैले मान्नुपर्ने विचार राख्नु भयो । ‘संसद विघटन गर्न पाउनेबारे अहिलेको संविधानमा केही पनि उल्लेख गरिएका छैन, त्यसैले संविधानमा रहेका अस्पष्टताबारे व्याख्या गर्ने सर्वोच्च अदालतले नै हो,’ उहाले भन्नुभयो, ‘सर्वोच्चले जे व्याख्या गर्छ त्यसलाई स्वीकार्नु पर्छ ।’

    अहिले संसद विघटन हुनु सकारात्मक भन्दै नेता भण्डारीले करिव दुई तिहाई बहुमतको सरकार बनाएको सत्तारुढ दल नेकपामा जनताका बारेमा भन्दा बढी पदकै लागि झगडा भइरहेको बताउनु भयो । उहाले पदकै झगडाले सरकारले कुनै काम गर्न नसक्ने भएपछि संसद विघटन गरेर चुनावमा जाने निर्णय गर्नु सकारात्मक भएको स्पष्ट पार्नुभयो । ‘हामीले बनाएको संविधानमा अन्तिम फैसला गर्ने अधिकार सर्बोच्च अदालतको रहनेछ भनिएको छ, त्यसैले अदालतले संसद पुर्नस्थापना गरेमा वा निर्वाचन गर भनेमा जे भनेपनि सबैदलले मान्नुपर्ने छ, अहिले देश क्राइसिसमा छ, क्राइसिसका बिचबाट अवसरहरु पैदा गर्नुपर्दछ’, उहाले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार