बिहीबार , साउन २१ गते २०८३

विश्वप्रकाश शर्माको टेलिभिजन शो ‘ऐना’ प्रसारणमा आउँदै

विश्वप्रकाश शर्माको टेलिभिजन शो ‘ऐना’ प्रसारणमा आउँदै

अखबार दैनिक
मंगलबार, माघ ६ २०७७
  • विश्वप्रकाश शर्माको टेलिभिजन शो ‘ऐना’ प्रसारणमा आउँदै

    माघ ७ गते बुधबारदेखि वहुप्रतिक्षित टेलिभिजन शो ’ऐना’ प्रशारण हुने भएको छ। विश्वप्रकाश शर्माले संचालन गर्ने कार्यक्रमको चर्चा धेरै अघिदेखि भएपनि यसको पहिलो एपिसोड बुधवार राति ९ बजे देखि कान्तिपुर टेलिभिजनमा हेर्न सकिने छ।

    सामाजिक विषयवस्तुमा आधारित तर फरक प्रस्तुति सहितको टेलिभिजन शो ’ऐना’ अहिले सम्मकै व्यापक र खोजमुलक हुने निर्माण कम्पनिले जनाएको छ। टिभी शोले नेपाली समाजमा हुने विभेद, अन्याय, हानिकारक प्रथा परम्परा जस्ता सामाजिक विषयवस्तुहरुको मानविय संवेदनशिलताको पक्षलाई उजागर गर्ने बताइएको छ।

    दिहोराइजन मल्टिमिडिया प्रालिले निर्माण गरिरहेको २६ एपिसोडको यो शो यसअघि गत कार्तिक पहिलो सातादेखि प्रसारण हुने बताइएको थियो। कोभिड-१९ का कारण शो दुई महिना पछाडि धकेलिएको हो। देशका विभिन्न स्थानमा पुगेर सामाजिक सवालमाथि अध्ययन-अनुसन्धान, घटना र पात्रहरुको मिहीन अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरुसँग छलफल गरीकुनै पनि विषय माथिको सम्पूर्ण ‘प्याकेज’का रुपमाकार्यक्रम ‘ऐना’शो तयार गरिएको निर्माण पक्षले जानकारी दिएको छ।

    कार्यक्रम छायंकनको लागि द होराइजन मल्टिमिडियाले बालाजुस्थित चलचित्र विकास कम्पनिको परिसरमा भब्य छायंकन सेट निर्माण गरेको छ। कार्यक्रममा उठाइने सामाजिक मुद्दा र सम्बन्धित विषयमा थिस्थलगत अनुसन्धान र रिपोर्टिङपश्चात काठमाडौंस्थित स्टुडियोमा छलफल हुन्छ। विदेशमा यस्ता खालका विषयबस्तुहरुमा सिमित टेलिभिजन शोहरु भएता पनि नेपालमा भने यो स्तरको रिसर्च, टिम, मेहनत र लगानीमा हालसम्मकै ठूलो टेलिभिजनशो हुने ऐनाकाप्रोजेक्ट हेड राधाकृष्ण धितालले दाबी गरे।

    ‘ऐना’को ’प्रोजेक्ट हेड’मा राधाकृष्ण धिताल, निर्देशकमा अमनप्रतापअधिकारी, प्रोड्युसरमा जनकपौड्याल, कन्टेन्ट रिसर्चमा प्रकाश लामिछाने, स्क्रिप्ट राइटरमा आन्विकागिरी, डाइरेक्टर अफ फोटोग्राफीमा प्रमोद कार्की, पोष्ट प्रोडक्सनमा रमेश थापाको टिम रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार