बिहीबार , साउन २१ गते २०८३

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयरमा १८ अर्बको आवेदन

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयरमा १८ अर्बको आवेदन

अखबार दैनिक
बुधबार, माघ ७ २०७७
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयरमा १८ अर्बको आवेदन

    पछिल्ला दिनमा साधारण शेयरमा आवेदन दिने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ । लगातार शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक उकालो लागेको तथा शेयरबाट राम्रो फाइदा हुन्छ भन्ने देखेपछि प्राथमिक बजारमा लगानी गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको हो ।

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयरको आवेदन दिने मंगलवार अन्तिम दिन साँझसम्म कूल १५ लाख २६ हजार बराबरको आवेदन परेको छ । बैंक तथा वित्तीय संस्थामा बुझाइएका आवेदनको मूल्याङ्कन भने गर्न बाँकी रहेको छ ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले दिएको प्रारम्भिक जानकारीअनुसार कूल रु सात अर्ब ५८ करोडको साधारण शेयरमा झण्डै रु १८ अर्ब नौ करोड ८५ लाख ८० हजार बराबरको आवेदन परेको हो । बैंक तथा वित्तीय संस्थामा प्रत्यक्ष आवेदन दिनेको सङ्ख्या केही थपिन सक्ने बताइएको छ ।

    सो बैंकको साधारण शेयरमा १५ लाख २६ हजार ५२७ वटा आवेदन परेको हो । बिक्री प्रबन्धकका अनुसार १८ करोड नौ लाख ८५ हजार ८०० कित्ताको लागि माग आएको छ । कम्पनीले सर्वसाधारणतर्फ सात करोड ५८ लाख ४० हजार कित्ता शेयर बिक्री गरेको हो । यस्तै एक लाख ६० हजार कित्ता कर्मचारीको लागि र ४० लाख कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो ।

    साधारण शेयर यही माघ २ गतेदेखि आजसम्म बिक्री गरिएको हो । पूर्वाधारको क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ सो बैंकको अहिले साधारण शेयर बिक्रीपछि चुक्ता पूँजी रु २० अर्ब पुग्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार