बिहीबार , साउन २१ गते २०८३

कांग्रेसले भन्योः ‘प्रचण्ड-नेपाललाई समर्थन गर्छौं, ओली समूहलाई सकिँदैन’

कांग्रेसले भन्योः ‘प्रचण्ड-नेपाललाई समर्थन गर्छौं, ओली समूहलाई सकिँदैन’

अखबार दैनिक
बुधबार, माघ ७ २०७७
  • कांग्रेसले भन्योः ‘प्रचण्ड-नेपाललाई समर्थन गर्छौं, ओली समूहलाई सकिँदैन’

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको प्रदेश १ का केन्द्रीय सदस्यहरूको भेलामा बोल्ने अधिकांश सदस्यहरूले प्रदेश सरकारमा जान नहुने सुझाव दिएका छन्। प्रदेश १ सरकारविरुद्ध प्रचण्ड-नेपाल नेकपाले ल्याएको अविश्वास प्रस्तावबारे छलफल गर्न देउवाले प्रदेश १ का केन्द्रीय सदस्यको बैठक आफ्नै निवास बुढानीलकण्ठमा बोलाएका थिए।

    बुधबार बिहान बोलाइएको बैठकमा सहभागी नेताहरूले कांग्रेस प्रदेश सरकारमा जान नहुने राय दिएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू कृष्ण सिटौला, महेश आचार्य, डा शेखर कोइराला, विश्वप्रकाश शर्मालगायतका नेताले कांग्रेस सरकार बाहिर रहनुपर्ने धारणा राखेका हुन्।

    बैठकमा सहभागी एक नेताका अनुसार भने, ‘उहाँहरू सबैले प्रदेश १ मा ओली पक्षलाई सहयोग गर्न सकिन्न भन्ने थियो।’ ओली पक्षलाई सहयोग गर्दा कांग्रेससँग प्रतिपक्षको ‘इस्यू’ बाँकी नरहने उनीहरुको धारणा थियो।

    कुन पक्षसँग मिलेर सरकार बनाउने निर्णय तत्काल नगर्न नेताहरूको सभापति देउवालाई सुझाव थियो। बैठकमा सहभागी नेताले भने, ‘कोसँग मिल्ने निर्णय अहिले नगरौं। मिल्नै परे पार्टीले विशेष परिस्थिति हेरेर निर्णय गर्छ। यही समूहसँग मिलौं भन्ने छैन।’ सरकारलाई समर्थन गरेर बाहिर बस्न सकिने सुझाव पनि केहि नेताले दिएका थिए।

    सहभागीमध्ये अमृत अर्यालले कांग्रेस प्रदेश १ को सरकारमा जानुपर्ने तर्क राखेका थिए। उनी सभापति निकट केन्द्रीय सदस्य हुन्। बैठकमा मिश्रित सुझाव आएपनि निर्णय भने नभएको बताइएको छ। संस्थापन पक्षका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली वा प्रचण्ड-माधव पक्ष कुनलाई सहयोग गर्ने ठोस प्रस्ताव नआएको बताइएको छ। प्रारम्भिक चरणको छलफल बुधबार भएकाले पुनः बैठक बस्ने बताइएको छ।

    अविश्वास प्रस्ताव दर्ता भएपछि आज (बुधबार) पहिलो प्रदेश सभा बैठक बसेको थियो। आजको बैठक प्रदेश १ का सरकार प्रमुखले पठाएको पत्र पठाएर पढेर स्थगित गरिएको छ। अविश्वासको प्रस्तावमा आज छलफल भएन।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार