बिहीबार , साउन २१ गते २०८३

सरकारले नागरिक समाजसँग माफी माग्नुपर्छ : कोइराला

सरकारले नागरिक समाजसँग माफी माग्नुपर्छ : कोइराला

अखबार दैनिक
मंगलबार, माघ १३ २०७७
  • सरकारले नागरिक समाजसँग माफी माग्नुपर्छ : कोइराला

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नागरिक आन्दोलनमाथि सरकारले दमन गरेकोले क्षमा माग्नुपर्ने बताएका छन्। कोइरालाले प्रतिगमनविरुद्धको शान्तिपूर्ण प्रदर्शनका क्रममा नागरिक समाजमाथिको दमनका लागि माफी माग्न सरकारलाई आग्रह गरेका हुन्।

    प्रहरीले सोमबार बालुवाटारमा नागरिक अगुवामाथि लाठीचार्ज र पानीका फोहरा हानेको थियो। केही मानिस घाइते भएका थिए। त्यसतर्फ संकेत गर्दै कोइरालाले मंगलबार सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘देशको माटो निधारमा लगाएर प्रतिगमन विरूद्धमा शान्तिपूर्ण प्रदर्शनमा रहेका नागरिक समाजमाथि बर्बरताको निन्दा र भर्त्सना जति गरे पनि पुग्दैन।’

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नै पशुपतिनाथ मन्दिरमा गरेको संकल्प पूजातर्फ संकेत गर्दै ‘नागरिक आन्दोलनमाथि गरिएको त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पूजाबाट सम्भव छ न त कम्युनिष्ट शब्दकोषको आत्मआलोचनाबाट नै’ भनेका छन्। उनले थपेका छन्, ‘सरकार नागरिक समाजसँग क्षमा माग।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार