बिहीबार , साउन २१ गते २०८३

कर्णाली प्रदेशकाे लाेकसेवा आयोगकाे अध्यक्षमा उपाध्याय नियुक्त

कर्णाली प्रदेशकाे लाेकसेवा आयोगकाे अध्यक्षमा उपाध्याय नियुक्त

अखबार दैनिक
बिहीबार , फागुन ६ २०७७
  • कर्णाली प्रदेशकाे लाेकसेवा आयोगकाे अध्यक्षमा उपाध्याय  नियुक्त

    लामो समयपछि कर्णाली प्रदेशमा लोकसेवा आयोगले पूर्णता पाएको छ। प्रदेश सरकारले बिहीबार आयोगको अध्यक्षमा रामप्रसाद उपाध्यायलाई नियुक्त गरेको हो। यस्तै, सदस्यहरुमा वसन्तीकुमारी शाही र भक्तबहादुर खड्कालाई नियुक्त गरिएको छ। तीनै जनालाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले पद तथा गोपनियताको सपथ खुवाएका छन्। उपाध्याय पूर्व शिक्षा निर्देशक समेत हुन्।

    लोकसेवा आयोगका पदाधिकारी चयनमा भागबण्डा गरिएको पाइएको छ। जसअन्तर्गत मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका दलका नेता जीवनबहादुर शाही र सभाका सभामुख राजबहादुर शाहीले भागबण्डा गरेको पाइएको हो।

    आयोगको अध्यक्षमा नियुक्त भएका रामप्रसाद उपाध्याय मुख्यमन्त्री शाहीको कोटाबाट नियुक्त भएका छन् भने अर्का सदस्य खड्का सभामुख शाहीको कोटाबाट नियुक्त भएको बताइएको छ। अन्य सदस्यले दलको प्रतिनिधित्व गराए पनि विपक्षी दलका नेता जीवनबहादुर शाहीले आफ्नै श्रीमती वसन्ती कुमारी सिंह शाहीलाई आयोगको सदस्य बनाएको स्रोतको दावी छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार