बिहीबार , साउन २१ गते २०८३

आन्दाेलन गरेर न्याय पाइदैन, आन्दाेलन गर्ने पैसा पनि छैन : सभापति देउवा

आन्दाेलन गरेर न्याय पाइदैन, आन्दाेलन गर्ने पैसा पनि छैन : सभापति देउवा

अखबार दैनिक
बिहीबार , फागुन ६ २०७७
  • आन्दाेलन गरेर न्याय पाइदैन, आन्दाेलन गर्ने पैसा पनि छैन : सभापति देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सडकमा जुलुस लगाएर न्याय नपाइने हुँदा अदालतको फैसला पर्खन आग्रह गरेका छन्।

    बिहीबार पोखरामा नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशस्तरीय सम्मेलन उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले जसले जे भने पनि आफ्नो पार्टीलाई अदालतको फैसला स्वीकार्य हुने बताएका हुन्।

    उनले जुलुसका आधारमा न्याय नपाइने भन्दै उनले आन्दोलन गर्नका लागि आफूहरुसँग पैसा समेत नभएको बताए। उनले त्यत्तिकै आन्दोलनमा बोलाउँदा कोही पनि नआउने बताए।

    ‘सडकमा जुलुस ल्याएर न्याय पाइँदैन, हामीसित जुलुस निकाल्न, आन्दोलन गर्न पैसा पनि छैन, उनले भने, ‘जुलुसकै आधारमा फैसला गर्ने हो भने न्यायालय किन चाहियो? जुलुसमा कति मान्छे आए भनेर हुन्छ?’

    उनले अहिले क्रियाशील सदस्यताका लागि मारामार भए पनि आन्दोलनमा आउन भनेर बोलाउने हो भने सदस्यता दिनेहरु नै नआउने बताए। ‘क्रियाशील सदस्यता लिने बेलामा मारामार हुन्छ, भोलि आन्दोलनमा क्रियाशील मात्र आऊ न भन्यो भने कोही पनि आउँदैनन्’, उनले भने।

    वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले पाँच वर्ष सरकार चलाउने अधिकार दिए पनि कम्युनिस्ट पार्टीले मुलुक सञ्चालन र विकास गर्न नसकेको आरोप लगाए। पार्टीको आन्तरिक झगडाका कारण प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले गलत गरेको आरोप लगाउँदै उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापन गर्ने विश्वास व्यक्त गरे।

    नेपालमा अस्थिरता उत्पन्न गरी मुलुकलाई गृहयुद्धमा धकेल्न देशी विदेशी शक्ति लागेको उल्लेख गर्दै उनले त्यसका विरुद्धमा कांग्रेसले पहरेदारका रुपमा आफ्नो भूमिका निर्वाह गर्ने बताए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार