आइतबार, भदौ १४ गते २०८३

अँध्यारो भयो भनेर कोलाहल मच्चाउछौ मूर्ख

अँध्यारो भयो भनेर कोलाहल मच्चाउछौ मूर्ख

अखबार दैनिक
सोमबार, जेठ ३ २०७८
  • अँध्यारो भयो भनेर कोलाहल मच्चाउछौ मूर्ख

    कहिले आफै खोजी खोजी भेट्न आउनु हुन्छ।
    कहिले मलाई  फोन गरेर भेट्न बोलाउनु हुन्छ।

    बर्सौंदेखी को माया हो यति चाडैं छुट्छ ठान्छौ,
    कहिले रिसाउनु हुन्छ त कहिले फकाउनु हुन्छ।

    कहिले काहीँ कुरा मिल्दैन तँ तँ म म पनि हुन्छ,
    र तलका स्यालहरू जोड जोडले कराउनु हुन्छ।

    एउटै डुङ्गा छ हाम्रो खोला तर्ने बिश्वास गर्नु पर्छ,
    डर लागि-रहन्छ कहिले त उहाँले डुबाउनु हुन्छ।

    ढुक्क हुनुस केही हुन्न यसरी चलि रहन्छ हाम्रो,
    कहिले म थर्काउछुँ कहिले उहाँ थर्काउनु हुन्छ।


    बिर्सन्छौ बादल फाटछ फेरि सूर्य उदाउनु हुन्छ।

     

    धर्मान्नद भट्ट

    २०७८/०१/३१ महेन्द्रनगर

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ