आइतबार, भदौ १४ गते २०८३

सरकार बोलेको सुनिदैन स्याल कराइ रहन्छ

सरकार बोलेको सुनिदैन स्याल कराइ रहन्छ

अखबार दैनिक
आइतबार, जेठ ९ २०७८
  • सरकार बोलेको सुनिदैन स्याल कराइ रहन्छ

    मैले पढेको थिए किताबमा याद आइ रहन्छ।

    मानवीयता सकिएपछि बाँकी धुर्त्याइ रहन्छ।

     

    गाउँमा त्रास फैलिएको छ न कोहि सम्झाउँछ,

    सरकार बोलेको सुनिदैन स्याल कराइ रहन्छ।

     

    बिरामी अस्पताल पुग्दैनन राख्ने बिस्तरा छैन

    कुर्सीमा बस्ने कुन्नी अनेक थरी बर्बराइ रहन्छ।

     

    भोलि कस कसलाई लेख्नुपर्ने छ श्रद्धाञ्जली,

    साँझ सुत्ने बेला देखि नै मन सारै डराइ रहन्छ।

     

    पापीहरू को झुण्ड बोकेर तिर्थयात्रा गजब छ,

    तिम्रा मतिले त न पहाड रहन्छ न तराई रहन्छ।

     

    तिम्रा कामको प्रशंसा गर्न मसंग शब्द नै भएन

    लाग्छ यो हर्कत देखेर सरम पनि सर्माइ रहन्छ।

     

    शासन गर्न पनि जिउँदा मान्छे चाहिन्छ होला

    यस्तै चलिरहे कहाँबाट घर गाउँ बसाई रहन्छ।

    धर्मान्नद भट्ट
    महेन्द्रनगर

    २०७८/०२/०५

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ