बिहीबार , साउन २१ गते २०८३

राष्ट्रिय सभा बर्खे अधिवेशनका लागि तयारी सुरु

राष्ट्रिय सभा बर्खे अधिवेशनका लागि तयारी सुरु

अखबार दैनिक
शनिबार, असार १२ २०७८
  • राष्ट्रिय सभा बर्खे अधिवेशनका लागि तयारी सुरु

    राष्ट्रिय सभाको बर्खे अधिवेशनका लागि संसद् सचिवालयले आवश्यक तयारी सुरु गरेको छ।

    मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आगामी १७ गतेदेखि आह्वान गरेसँगै संसद् सचिवालयले बैठकको आवश्यक तयारी थालेको हो ।

    गत पुस १७ देखि २६ गतेसम्म राष्ट्रिय सभाको अधिवेशन आह्वान भएपछि ६ महिनापछि बैठक बस्न लागेको छ। यसअघि सचिवालयले स्वास्थ्यलाई उच्च प्राथमिकता दिएर तयारी थालेकोमा अहिले पनि सो कुरालाई ख्याल गरेर तयारी गरिँदै छ ।

    बैठकमा सांसदबिच दुई कुर्सी खाली राखेर सामाजिक दूरी कायम गरिएको थियो भने संसद्मा प्रवेश गर्ने सांसदले अनिवार्य मास्क लगाउनुपर्ने र ज्वरो नआएका सांसदले मात्र प्रवेश पाउने व्यवस्था गरिएको थियो। यसैगरी स्यानिटाइजर प्रयोग गर्ने, हात नमिलाउनेदेखि विश्व स्वास्थ्य सङ्गठनले तोकेका अन्य मापदण्ड कडाइका साथ पालना गराइने व्यवस्था गरिएको थियो।

    संसद् भवनबाहिर राखिएको साबुन पानीले हात धोएपछि मात्र संसद् भवनमा प्रवेश दिइने व्यवस्था गरिएको थियो। यस्तै सांसदहरूको टेबलमा अनिवार्य स्यानिटाइजर राख्ने र बोल्नुअघि माइक पनि अनिवार्य रूपमा स्यानिटाइज गर्नुपर्ने व्यवस्था गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार