शुक्रबार, साउन २२ गते २०८३

राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गर्न प्रस्ताव पेस

राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गर्न प्रस्ताव पेस

अखबार दैनिक
आइतबार, असार २७ २०७८
  • राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गर्न प्रस्ताव पेस

    राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न मिल्ने प्रस्ताव पारित गर्न प्रस्ताव गरेका छन् । आजको राष्ट्रियसभाको बैठकको विषेश समयमा बोल्दै गौतमले उक्त प्रस्ताव पेस गरेका हुन् ।

    गौतमले प्रस्ताव पेस गर्दै भने,‘मलाई केपी शर्मा ओलीले प्रधानमन्त्री बन्नेबाटो खोल्न निर्वाचन लड्ने क्षेत्र खोज्नुस् भन्नुभयो मैले लड्दैन भने । त्यसो भए राष्ट्रियसभामा लड्नुस् भन्नु्भयो मैले लड्दैन भने । किन नलड्ने भन्नुभयो, मैले म लड्नुपर्छ भने राष्ट्रियसभा सदस्य प्रधानमन्त्री हुने व्यवस्था गर्नुस् भनेंँ, त्यसलाई बाहिर कोहोहोलो गरेर विरोध गरियो, आज पनि म भन्छु, राष्ट्रियसभाका सदस्य प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गर्न म यो सदनसमक्ष प्रस्ताव गर्दैछु ।’

    उनले राष्ट्रियसभामाथि संसदको अभिन्न अंग भए पनि विभेद भएको बताए । ‘यो सभाले उचित सम्मान आर्जन गर्ने हो भने, राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्छ, बेलायतको हाउस अफ कमन्स भएर जमिन्दारको मात्र प्रतिनिधित्व गर्ने हो भने फरक कुरा।’ उनले अर्थमन्त्री विष्णु पौडेललाई राष्ट्रिसभामामा बजेट प्रस्तुत गर्नसमेत आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार