आइतबार, वैशाख २२ गते २०८२

बाराही हाइड्रोपावरले मंसिर २१ देखि आईपीओ निष्काशन गर्दै

बाराही हाइड्रोपावरले मंसिर २१ देखि आईपीओ निष्काशन गर्दै

अखबार दैनिक
मंगलबार, मंसिर १३ २०७९
  • बाराही हाइड्रोपावरले मंसिर २१ देखि आईपीओ निष्काशन गर्दै

    सर्वसाधारण लगानीकर्ताका लागि बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले मंसिर २१ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो।

    images

    कम्पनीले कूल ५ लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको जनाएको छ। यसअघि आयोजना प्रभावित क्षेत्र बागलुङका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो। जसमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट भइसकेको छ। बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर  र सर्वसाधारणका लागि  ४ लाख ५० हजार कित्ता सेयर गरी कूल ५  लाख ५४ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो।

    निष्काशन बन्द छिटोमा मंसिर २६ गते र ढिलोको पुस ६ गते हुने कम्पनीले जनाएको छ लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। 

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्‍वीकृत प्राप्‍त सी आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवदेन दिन सक्नेछन्। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ