काठमाडौं – सिन्धुलीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको बा २ ख ६५९६ नम्बरको यात्रुबाहक यात्रुबाहक बस सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभिरमा दुर्घटना हुँदा चार जनाको ज्यान गएको गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले जानकारी दिइन् । उनका अनुसार यात्रुबाहक बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उनले बताइन् । अहिले उद्धारको काम भइरहेको उनले जानकारी दिइन् । घाइतेहरूलाई उपचारका लागि फुर्कोट सामुदायिक अस्पतालमा लगिएको छ ।