शुक्रबार, जेठ ११ गते २०८२

आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बटिमर र राष्ट्रपति पौडेलबिच शिष्टाचार भेट

आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बटिमर र राष्ट्रपति पौडेलबिच शिष्टाचार भेट

अखबार दैनिक
बिहीबार , पुस २६ २०८०
  • आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बटिमर र राष्ट्रपति पौडेलबिच शिष्टाचार भेट

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलज्यूसमक्ष आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष  जेरी बटिमरले  शिष्टाचार भेट गरेका छन् । 

    images

    राष्ट्रपति भवनमा भएको भेटमा राष्ट्रपति पौडेलले वर्तमान सरकारको प्राथमिकता दिगो आर्थिक विकास रहेको र यसले नै लोकतन्त्र, समावेशीकरण र सङ्घीयतालाई संस्थागत गर्नमा योगदान दिनेछ भन्नेमा नेपाली जनताको विश्वास रहेको बताए । 

    नेपाल र आयरल्यान्डबिच रहेको सौहार्द्रपूर्ण सम्बन्धलाई थप बलियो बनाउँदै आगामी दिनहरूमा द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय क्षेत्रका आपसी हितका विषयमा सहकार्य गर्दै अगाडि बढ्नु पर्ने आवश्यकतामा पौडेलले जोड दिए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ