आइतबार, भदौ १४ गते २०८३

मिलन नेवारले ल्याइन् तीज गीत ‘नाचेको नाच्यै गर्ने हो’

मिलन नेवारले ल्याइन् तीज गीत ‘नाचेको नाच्यै गर्ने हो’

अखबार दैनिक
आइतबार, भदौ १० २०८०
  • मिलन नेवारले ल्याइन् तीज गीत ‘नाचेको नाच्यै गर्ने हो’

    पोहोर पनि नाचियो, परार पनि नाचियो
    यसपालि झनै नाच्ने हो, नाचेको नाच्यै गर्ने हो
    मनले चिताको नपुगेसम्म नाचेको नाच्यै गर्ने हो

    गायिका मिलन नेवारले यस वर्षको तीजका लागि सार्वजनिक गरेको गीतका शब्द हुन् यी । राजनराज सिवाकोटीको शब्द तथा संगीत रहेको यो गीतमा नाचेर, रमाएर शिवलाई खुसी पार्ने भाव समेटिएको छ । गीतमा दीक्षित पौडेलको एरेन्ज रहेको छ ।

    ‘आमाले किन्देको पोहोरको सारी चिटिक्कै पारी लाउने हो, तीजको बेला तीजको मेला तीजैको गीत गाउने हो’ भन्दै तीजलाई खर्चिलो र भड्किलो होइन, सामान्य ढंगले रमाइलो गरी मनाउन आग्रह समेत गरिएको छ ।

    गीतको भिडियोमा शिवको स्तुति गर्दै नाचिरहेको भूमिकामा मिलन स्वयं फिचर्ड छिन् । भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् । उत्सव दाहालले खिचेको उक्त भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ