आइतबार, भदौ १४ गते २०८३

विष्णु माझीले ल्याइन् नयाँ तीज गीत ‘बलमा’ (भिडीओ)

विष्णु माझीले ल्याइन् नयाँ तीज गीत ‘बलमा’ (भिडीओ)

अखबार दैनिक
बिहीबार , भदौ २१ २०८०
  • विष्णु माझीले ल्याइन् नयाँ तीज गीत ‘बलमा’ (भिडीओ)

    काठमाडौं । नेपाली लोकदोहोरी गीतमा चर्चित र लोकप्रिय  गायीका विष्णु माझीको तीज गीत सिग्नेचर ब्रान्डसमेत हो। विष्णु माझीले हरेक साल तीजमा गीत ल्याउने गर्छिन्।

    उनको गीत नभए धेरैलाई तीज ‘खल्लो’ लाग्न सक्छ। लालुमै, बोकेझार, छिपछिपे पानीमा लेउ, चरी जेलैमा जस्ता उनका गीतलाई युट्युबमा करोडभन्दा बढी पटक हेरिएको छ।  उनले ‘पुतलीको भट्टी’को भाग १९ सम्म ल्याएकी छन्।

    २०७९ भदौमा आएको ‘चरी जेलैमा भाग २’ उनको पछिल्लो गीत हो। यस वर्ष २०८०को तीज  संघारमा  रहेका बेला उनको स्वर समावेश तीज गीत ‘बलमा’ बुधबार युट्युबमा सार्वजनिक भएको छ ।

    अरू बेलामा गीत नआए पनि तीजमा गीत ल्याइरहने भएकाले विष्णु माझीको गीतको अधैर्य पर्खाइमा रहेका फ्यानहरुलाई उनले यसपाली पनि निराश हुन दिइनन् ।

    सपना म्युजिक इण्डष्ट्रीबाट सार्वजनिक गीतमा गायिका विष्णुका पति सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । गीतलाई आशिष अविरलले एरेन्ज तथा मिक्सिङ गरेका हुन् ।

    ‘पुतलीको भट्टी-१९’ अन्तर्गत रहेको गीतको भिडियोमा मोडल बिनु सुवेदी फिचर्ड छिन् । गीतमा महिला हिंसाविरुद्धको सन्देश दिने प्रयास गरिएको छ । सुन्दरमणिकै निर्देशन रहेको भिडियोमा शम्भु चालिसेको छायांकन र निशान घिमिरेको सम्पादन रहेको  छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ