बुधबार, जेठ २ गते २०८२

नेम्वाङको पार्थिव शरीर अस्पतालबाट च्यासल लगियो

नेम्वाङको पार्थिव शरीर अस्पतालबाट च्यासल लगियो

अखबार दैनिक
मंगलबार, भदौ २६ २०८०
  • नेम्वाङको पार्थिव शरीर अस्पतालबाट च्यासल लगियो

    काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अस्पतालबाट पार्टी कार्यालय च्यासल लगिएको छ । 

    images

    महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट उनको शरीर श्रद्धाञ्जलीका लागि नेपाली सेनाको गाडीमार्फत पार्टी कार्यालय च्यासल लगिएको हो । नेम्वाङको अन्त्येष्टिमा नेपाली सेनाले सम्मान दिने छ ।

    नेम्वाङको गए राति हृदयाघातबाट निधन भएको थियो । उनको निधनपछिकाे शाेकमा सम्मान स्वरुप सरकारले एक दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ