बिहीबार , साउन २१ गते २०८३

सुशान्त केसीको गीत ‘बार्दली’को हिन्दी भर्सन ‘उफ्’ भारत, अस्ट्रेलिया, बेलायतसहितका देशको ट्रेन्डिङमा

सुशान्त केसीको गीत ‘बार्दली’को हिन्दी भर्सन ‘उफ्’ भारत, अस्ट्रेलिया, बेलायतसहितका देशको ट्रेन्डिङमा

अखबार दैनिक
मंगलबार, वैशाख १६ २०८२
  • सुशान्त केसीको गीत ‘बार्दली’को हिन्दी भर्सन ‘उफ्’ भारत, अस्ट्रेलिया, बेलायतसहितका देशको ट्रेन्डिङमा

    वैशाख १६ काठमाडौं । रिलिज भएको २४ घण्टा नबित्दै सुशान्त केसीको गीत ‘बार्दली’को हिन्दी भर्सन ‘उफ्’ युट्युबको नेपाल, भारत, बेलायत, अस्ट्रेलियासहितका मुलुकको ट्रेन्डिङमा समावेश भएको छ ।

    मंगलबार अस्ट्रेलियामा युट्युबको संगीत खण्डतर्फ शीर्षस्थानमा छ । भारतमा २३ औं स्थानमा यो गीत स्ट्रिमिङ भैरहेको छ । नेपालमा दोस्रो स्थानमा रहेको यो गीत बेलायतमा २२ औं स्थानको ट्रेन्डिङमा छ ।

    माल्टामा पहिलो, युएईमा तेस्रो, कुवेतमा तेस्रो र कतारमा दोस्रो स्थानमा यो गीत ट्रेन्डिङ छ । बहुचर्चित नेपाली गीत ‘बार्दली’लाई भारतको म्युजिक लेबल कम्पनी टि सिरिजले सोमबार बिहान युट्युबमा रिलिज गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार