बुधबार, साउन २ गते २०८२

चीनसँगको व्यापारमा खुल्यो लिजी बन्दरगाह, अन्य के–के सम्झौता भए ?

चीनसँगको व्यापारमा खुल्यो लिजी बन्दरगाह, अन्य के–के सम्झौता भए ?

अखबार दैनिक
मंगलबार, असोज ९ २०८०
  • चीनसँगको व्यापारमा खुल्यो लिजी बन्दरगाह, अन्य के–के सम्झौता भए ?

    काठमाडौँ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारका लागि लिजी बन्दरगाह सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा कोरला नाकाको नजिक रहेको उक्त बन्दरगाह नेपाल–चीन व्यापारका लागि खुला भएको हो ।

    images

    यससँगै, तातोपानीको खासा नाका समेत सर्वसाधारणका लागि खुला भएको संयुक्त वक्तव्यमा उल्लेख छ । यो भूकम्पका कारण यो नाकाबाट सर्वसाधारण चीनको खासा जान बन्द थियो । कोभिड अघि आंशिकरुपमा खुलेपनि पुनः बन्द भएको थियो । जुन, अहिले पुनः सञ्चालनमा आएको हो ।

    यसबाहेक, भ्रमणका क्रममा दुवै पक्षले पुलाङ र जिलोङ नाका व्यापारिक र सर्वसाधारणका लागि खुला गर्न सहमत बनेका छन् । यसबाहेक, चिनियाँ पक्ष लिजी–नेचुङ नाकालाई सहज बनाउन सहमत बनेको संयुक्त वक्तव्यमा लेखिएको छ । ‘चेन्ताङ–किमाथांका, रिवु–ओलाङ्चुङगोला नाका समेत निकट भविष्यमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ