अमेरिकी राज्य टेक्सासमा आएको बाढीमा १०० भन्दा बढीको मृत्यु भएको छ। यसबाहेक, ठूलो संख्यामा मानिसहरू बेपत्ता भएको बीबीसीले जनाएको छ । मृत्यु हुनेहरूमा कम्तिमा २७ जना महिला र कर्मचारीहरू छन् । केही बालबालिकाको पनि ज्यान गएको समाचारमा उल्लेख छ ।
केर काउन्टीको ग्वाडालुप नदीमा एको बाढीका कारण मात्रै कम्तिमा ८४ जनाको मृत्यु भएको छ । जसमा २८ बालबालिका र ५६ वयस्कहरू समावेश छन् । काउन्टी शेरिफको कार्यालयले २२ वयस्क र १० बालबालिकाको अझै पहिचान नभएको रिपोर्ट गरेको छ ।