बिहीबार , साउन २१ गते २०८३

चीन कसैको धम्कीबाट डराउँदैन, नयाँ युगमा अघि बढ्छः राष्ट्रपति सी जिनपिङ

चीन कसैको धम्कीबाट डराउँदैन, नयाँ युगमा अघि बढ्छः राष्ट्रपति सी जिनपिङ

अखबार दैनिक
बुधबार, भदौ १८ २०८२
  • चीन कसैको धम्कीबाट डराउँदैन, नयाँ युगमा अघि बढ्छः राष्ट्रपति सी जिनपिङ

    चिनियाँ राष्ट्रपति सी जिनपिङले कुनै पनि धम्की दिने व्यक्तिबाट चीन कहिल्यै नडराउने बताएका छन् । चीनको विजय दिवस परेडमा सम्बोधन गर्दै उनले चीन कहिल्यै पनि कुनै धम्की दिने व्यक्तिबाट डराउने नभई सधैं अगाडि बढ्ने बताएको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।

    चीनलाई धम्की दिनेहरू पतन हुने गरेको इतिहासले देखाएको उनको भनाइ थियो । साथीहरू हामी चीनको विजयको ८० औं वार्षिकोत्सव मनाउन भेला भएका छौं । चीन कहिल्यै पनि कुनै धम्की दिने व्यक्तिबाट डराउँदैन र सधैं अगाडि बढिरहन्छ, उनले भने, यो नयाँ यात्रा र नयाँ युग हो ।

    सी जिनपिङले चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य परेड आयोजना गरेका छन् । दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले चीनमा आत्मसमर्पण गरेको ८० औं वार्षिकोत्सवको अवसरमा सैन्य परेड आयोजना गरिएको हो ।

    परेड अघि सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनसँगै देखिएका थिए । पहिलोपटक यी तीन नेताहरू सार्वजनिक रूपमा सँगै देखा परेका हुन् । यी तीन नेताहरू परेड हेर्न आएका विश्वभरका नेताहरूको लाइनको अग्रपंक्तिमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार