बिहीबार , साउन २१ गते २०८३

जोटाको मृत्यु : श्रद्धान्जली दिनेमा रोनाल्डो–मेसीसँगै विश्वभरका फुटबलर

जोटाको मृत्यु : श्रद्धान्जली दिनेमा रोनाल्डो–मेसीसँगै विश्वभरका फुटबलर

अखबार दैनिक
शुक्रबार, असार २० २०८२
  • जोटाको मृत्यु : श्रद्धान्जली दिनेमा रोनाल्डो–मेसीसँगै विश्वभरका फुटबलर

    पोर्चुगल तथा लिभरपुलका फरवार्ड डियागो जोटाको निधनले विश्व फुटबललाई स्तब्ध बनाएको छ । बिहीबार स्पेनमा भाइसँगै कार दुघर्टनामा पर्दा जोटा र उनको भाइको मृत्यु भएको थियो । २८ वर्षीय जोटा सन् २०१९ यता पोर्चुगलको नियमित सदस्य थिए । उनका भाइ आन्द्रे सिल्भा पनि पोर्चुगलको दोस्रो डिभिजनमा व्यावसायिक फुटबल खेल्थे ।

    स्पेनको जामोरामा टायर पड्किँदा कार दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । जोटा र उनको भाइको मृत्युपछि हाल विश्वभरका चर्चित फुटबलर र खेलकुद क्षेत्रसँग सम्बन्धित चर्चित व्यक्तित्वले समेत श्रद्धान्जली प्रकट गरेका छन् ।

    जोटाका सहकर्मी पोर्चुगलका कप्तान रोनाल्डो लेख्छन्, “केही समयअघि मात्रसम्म हामी राष्ट्रिय टिममा सँगै थियौँ । तिमीले भर्खरै मात्र विवाह गरेका थियौ । अब यसले अर्थ राख्दैन । मलाई थाहा छ, तिमी सधैँ उनीहरुसँगै हुनेछौ । हामी तिमीलाई सम्झिनेछौँ ।”जोटाको वर्तमान क्लब लिभरपुलले पनि डियागो र उनको भाइको मृत्युलाई अकल्पनीय क्षति भनेको छ । “यो अकल्पनीय क्षतिबाट उठ्न खोजिरहेका जोटा र आन्द्रे परिवारको गोपनीयतालाई मध्यनजर गर्दै लिभरपुल एफसी यो समयमा कुनै पनि प्रतिकृया जनाउने पक्षमा छैन ।”

    लिभरपुलका पूर्वप्रशिक्षक योर्गान क्लोपले पनि जोटाको मृत्युको समाचारले आफूलाई विक्षिप्त बनाएको बताएका छन् ।अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पनि इन्स्टाग्राम स्टोरीमा जोटाप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

    यसबाहेक, जोटासँगै खेलेका पोर्चुगल तथा लिभरपुलका अन्य सहकर्मी र विश्वभरका फुटबलरले उनको मृत्युप्रति श्रद्धान्जली व्यक्त गरेका छन्

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार