बुधबार, जेठ २ गते २०८२

एनआरएनएको अध्यक्षमा आरके शर्माले घोषणा गरे उम्मेदवारी

एनआरएनएको अध्यक्षमा आरके शर्माले घोषणा गरे उम्मेदवारी

अखबार दैनिक
शुक्रबार, असोज १२ २०८०
  • एनआरएनएको अध्यक्षमा आरके शर्माले घोषणा गरे उम्मेदवारी

    गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) को अध्यक्ष पदमा आरके शर्माले उम्मेदवारी घोषणा गरेका छन्।

    images

    अक्टोबर १७ देखि काठमाडौंमा हुने ११ औं महाधिवेशनले  एनआरएनएको नयाँ  नेतृत्व चयन गर्दैछ। त्यसका लागि शर्माले कतारबाट उम्मेदवारी घोषणा गरेका हुन्।

    शर्मा एनआरएनएका वर्तमान उपाध्यक्ष हुन्। नेतृत्वका लागि समर्थन जुटाउन उनले जापान, दक्षिण कोरिया, हङकङ, अमेरिका र क्यानडाको भ्रमण गरेका थिए।

    384267011_621079806773958_5904669719171801348_n.jpg

    भ्रमणपश्चात आफ्नो पक्षमा राम्रो माहोल देखिएको उनले बताएका छन्। ‘एनआरएनए अभियन्ता र डेलिगेट्सहरु सबैसँग भेटघाट र छलफल भएको छ । उहाँहरु मेरो उम्मेदवारीप्रति सकारात्मक हुनुहुन्छ,’उनले भने।

    दोहास्थित र्‍याडिसन ब्लु होटलमा एक कार्यक्रम गर्दै उम्मेदवारी घोषणा गरेका शर्माले आफू निर्वाचित भएको खण्डमा २ वर्षे कार्यकालमा गर्नेगरी २४ वाचा प्रस्तुत गरेका छन्।

    384518812_323029823546240_1133916208252879079_n.jpg

    सांगठनिक पुनर्संरचनादेखि एनआरएनएका सरोकारका विषय समेटिएका वाचापत्र विश्वका विभिन्न देशमा गैरआवसीय नेपालीहरूको सल्लाह सुझावका आधारमा तयार गरिएको उनले बताए।

    उनले आफू नेतृत्वमा आए आफ्नो वाचा पत्रअनुसार काम भए नभएको जानकारी प्रत्येक तीन/तीन महिनामा सार्वजनिक गर्ने प्रतिवद्धतासमेत जनाएका छन्। उनले विदेशमा बस्ने नेपाली श्रमिकहरूको भविष्य सुनिश्चित गराउन भूमिका खेल्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।एनआरएनएको अध्यक्षका लागि महेश श्रेष्ठले यसअघि नै उम्मेदवारी घोषणा गरिसकेका छन्।

    384410579_161407797018583_6501266517613303506_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ