बुधबार, जेठ २ गते २०८२

मातृभूमिको सेवा गर्ने मौका प्राप्त भयो : कुल आचार्य

मातृभूमिको सेवा गर्ने मौका प्राप्त भयो : कुल आचार्य

अखबार दैनिक
मंगलबार, असोज ३० २०८०
  • मातृभूमिको सेवा गर्ने मौका प्राप्त भयो : कुल आचार्य

    ३० असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष कुल आचार्यले नेपाली नागरिकता पाएसँगै फेरि मातृभूमिसाग फेरि जोडिन पाउँदा भावुक बनेको बताएका छन् ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित गैरआवासीय नागरिकता वितरण कार्यक्रममा बोल्दै आचार्यले सो कुरा बताएका हुन् ।

    आफूहरु मातृभूमिलाई गुन तिर्न चाहेको बताउँदै उनले भने, ‘हामीहरुसाग भएको स्रोत, साधन, सिप, अनुभव र विश्वव्यापी सन्जाल उपयोग गरेर मातृभूमिको सेवा पाउने मौका अब प्राप्त भएको छ ।’

    गैरआवासीय नेपाली नागरिकताले अभिभावकहरुसागै छोराछोरी र नातीनातिनालाई पनि नेपालसाग जोड्ने भन्दै उनले वंशजको आधारमा प्राप्त नागरिकता निरन्तरताका लागि नेपाल सरकार र राजनीतिक दलहरुलाई आग्रहसमेत गरे । यसले गर्दा भूतपूर्व गोर्खाहरुले सम्मान पाउने मात्र होइन, नेपालको सम्पत्ति नेपालमै रहने उनको भनाइ छ ।

    गैरआवासीय नेपालीहरुलाई मातृभूमिको माटो विदेशको माटोमा नमिसाइदिन उनले आग्रह पनि गरे । ‘त्यो माटोलाई यही राख्दिनुस् । त्यसले मात्र हाम्रो सन्ततीलाई पनि नेपालसँग जोड्न सकिन्छ,’ आचार्यले भने, ‘यो नागरिकताले अझ त्यसमा बल पुग्ने छ भन्ने मैले विश्वास लिएको छु ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ