बुधबार, जेठ २ गते २०८२

प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा (तस्वीरहरू)

प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा (तस्वीरहरू)

अखबार दैनिक
बुधबार, कात्तिक १ २०८०
  • प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा (तस्वीरहरू)

    १ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मुस्ताङ पुगेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तक्रियामा सहभागी हुन उनी मुस्ताङ पुगेका हुन् ।

    images

    नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान जोमसोम पुगेका प्रचण्ड  कोरला नाका, बाढीले क्षति पुर्‍याएको कागबेनीलगायत क्षेत्रको अनुगमन गर्ने कार्यक्रम रहेको मुस्ताङका  प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

    Prachand-mustang-1.jpg

    प्रधानमन्त्री दाहालसमक्ष स्थानीयवासीले कालीगण्डकी नदीको कटान, उपल्लो मुस्ताङको पाँचवटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गासम्बन्धी समस्याबारे छलफल गर्ने कार्यक्रम तय भएको नेकपा (माओवादी केन्द्र) मुस्ताङका इन्चार्ज कपिल लामाले बताए ।

    Prachand-mustang-3.jpg

    प्रधानमन्त्री दाहालसँगै वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो, गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिंखडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगाय सहभागी छन् ।

    जलवायु परिवर्तनसम्बन्धी अन्तक्रिया कार्यक्रममा सहभागी भएपछि प्रधानमन्त्री दाहालले आजै जोमसोममा ‘जनतासँग माओवादी रुपान्तरण अभियान’अन्तर्गत आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने का।यक्रम छ ।

    Prachand-mustang-2.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ