बिहीबार , जेठ ३ गते २०८२

तीनकुनेमा प्रदर्शन गर्न हिँडेका राजावादी अभियन्ताहरु पक्राउ

तीनकुनेमा प्रदर्शन गर्न हिँडेका राजावादी अभियन्ताहरु पक्राउ

अखबार दैनिक
शुक्रबार, मंसिर ८ २०८०
  • तीनकुनेमा प्रदर्शन गर्न हिँडेका राजावादी अभियन्ताहरु पक्राउ

    ८ मंसिर, काठमाडौं । दुर्गा प्रसाईंले आह्वान गरेको प्रदर्शनमा सहभागी हुन हिँडेका राजावादी संगठनका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, मनिन्द्रराज भण्डारीसहित ५ जना रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए । प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए ।

    Durga-Prasai-supporter-arrested.jpg

    तर, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति जारी गर्दै तिनकुनेमा कार्यक्रम गर्न प्रसाईंलाई अनुमति नदिइएको बताएको थियो ।

    त्यसपछि प्रहरीले प्रसाईंको आन्दोलनमा आउनेलाई ठाउँठाउँमा तितरवितर पार्न थालेको हो । भक्तपुरस्थित दुर्गा प्रसाईंको घरमा प्रहरीले सुरक्षा दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ