बिहीबार , जेठ ३ गते २०८२

दुर्गा प्रसाईँका स्वकीय सचिवसहित १५ जना पक्राउ

दुर्गा प्रसाईँका स्वकीय सचिवसहित १५ जना पक्राउ

अखबार दैनिक
मंगलबार, मंसिर १२ २०८०
  • दुर्गा प्रसाईँका स्वकीय सचिवसहित १५ जना पक्राउ

    १२ मंसिर, काठमाडौं । प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईँका १५ जना समर्थकलाई पक्राउ गरेको छ ।

    images

    सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको थियो । पक्राउ पर्नेमा आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्यसहित मेडिकल व्यवसायी प्रसाईँका स्वकीय सचिव विना योञ्जन थापासमेत छन् । प्रसाईँको आह्वानमा केहीदिनदेखि काठमाडौंमा प्रदर्शन हुँदै आएको छ ।

    भोजराज तमिल्सिना, निकेश बास्तोला, हरि बिशुङ्खे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, मेहरमान बस्नेत छन् ।

    उनीहरुलाई गौशालासहित विभिन्न ठाउाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ