आइतबार, भदौ १४ गते २०८३

राजीव लोहनीको ‘लप्सी फेदीमा’  (भिडियो)

राजीव लोहनीको ‘लप्सी फेदीमा’  (भिडियो)

अखबार दैनिक
शुक्रबार, मंसिर २२ २०८०
  • राजीव लोहनीको ‘लप्सी फेदीमा’  (भिडियो)

    काठमाडौं : ६० को दशकको सर्वाधिक हिट गीत ‘बलेको आगो जलेको प्रेम‘’ का गायक राजीव लोहनी नयाँ गीत लिएर केहि वर्षपछि पुनः नेपाली सांगीतिक बजारमा आएका छन्। 

    सन्चारकर्मी एब गीतकार मंदिरा ढुंगेलको शब्द रचना, राजीव लोहनी र अस्मिता अधिकारीको युगल स्वर रहेको ‘लप्सी फेदीमा’ गीतलाई  कन्च कृयटिभको प्रस्तुतीमा म्युजिक नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको हो। 

    फरक खालको  गीत संगीत गर्न रुचाउने राजीवद्वारा संगीतबद्ध गीतलाई उनले फरक शैलीको ट्युनमा कम्पोज गरेका छ्न। गीतमा प्रिन्स नेपालीले एरेन्ज गरेका छन्।

    नायिका श्रद्धा क्षेत्री र स्वयम् गायक राजीवले नै अभिनय रहेको भिडियोमा राजीव लाहुरेको भूमिकामा  देखिएका छन्। उनको भिडियोमा श्रद्धासंग केमिस्ट्री जमेको देखिन्छ। सु​ब्रतराज आचार्यको निर्देशनम बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ