आइतबार, भदौ १४ गते २०८३

गायिका बबिना भट्टराईको स्वरमा ‘माझी बनेर आयौ’ सार्वजनिक

गायिका बबिना भट्टराईको स्वरमा ‘माझी बनेर आयौ’ सार्वजनिक

अखबार दैनिक
शुक्रबार, पुस २० २०८०
  • गायिका बबिना भट्टराईको स्वरमा ‘माझी बनेर आयौ’ सार्वजनिक

    काठमाडौँ । गायिका बबिना भट्टराईको स्वरमा ‘माझी बनेर आयौ’ बोलको गीत सार्वजनिक भएको छ ।  गीतको शब्द सुनिता प्रसाईँले लेखेकी हुन् भने  सङ्गीत गायिका स्वयंकै रहेको छ।

    एउटा मान्छेको आगमन अनि प्रेमले कसैको जीवनमा आएको सकारात्मक परिवर्तनलाई गीतमा शब्द मार्फत उतारिएको छ। गीतको भाव अनुसारकै सङ्गीत छ। 

    गीत निकै सरल छ। त्यसो त, गीतको भिडियो पनि निकै सरल छ। कुनै तामझाम छैन भिडियोमा। सामान्य स्टुडियो भर्सनमा भिडियो निर्माण गरिएको छ। भिडियोमा गायिका स्वयं फिचर्ड छिन्। भिडियोमा उनले गरेको लिप्सिङले दर्शकहरु प्रत्यक्ष गीतको अडियोसँग केन्द्रित हुन्छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ