आइतबार, भदौ १४ गते २०८३

'महाजात्रा' को पहिलो गीत सार्वजनिक (भिडिओ)

'महाजात्रा' को पहिलो गीत सार्वजनिक (भिडिओ)

अखबार दैनिक
सोमबार, माघ १ २०८०
  • 'महाजात्रा' को पहिलो गीत सार्वजनिक (भिडिओ)

    प्रदीप भट्टराई लिखित तथा निर्देशित फिल्म 'महाजात्रा' को पहिलो गीत सार्वजनिक गरिएको छ।

    सोमबार ओएसआर डिजिटलमार्फत फिल्ममा समावेश 'आहा कति राम्रो' बोलको गीत सार्वजनिक गरिएको हो। टुँडिखेलमा छायांकन गरिएको गीतमा आश्मा विश्वकर्मा र अरुण क्षेत्रीको नृत्य देख्न सकिन्छ। उनीहरूसँगै फिल्मका अन्य कलाकारलाई पनि गीतमा समावेश गरिएको छ। अस्मिता अधिकारी र आशिष अविरलको स्वर रहेको गीतमा एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत छ।

    फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्य देव, गौमाया गुरुङ, शिशिर वाङदेल, प्रकार घिमिरे, प्रविन खतिवडा, अर्जुनजंग शाही, अरविन खड्कालगायत कलाकारको अभिनय छ ।  पुरुषोत्तम प्रधानले छायांकन गरेको फिल्मलाई मित्रदेव गुरुङले सम्पादन गरेका हुन्।

    षट्कोण आर्टस ब्यानरमा निर्माण भएको फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन्। फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन्। यो फिल्म चैत ९ गतेदेखि प्रदर्शन हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ