शुक्रबार, साउन २२ गते २०८३

दयाहाङ र मिरुनाले पूर्वी रुकुमबाट थाले ‘घरज्वाइँ’को छायांकन

दयाहाङ र मिरुनाले पूर्वी रुकुमबाट थाले ‘घरज्वाइँ’को छायांकन

अखबार दैनिक
आइतबार, फागुन ६ २०८०
  • दयाहाङ र मिरुनाले पूर्वी रुकुमबाट थाले ‘घरज्वाइँ’को छायांकन

    काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले पूर्वी रुकुमबाट आगामी फिल्म ‘घरज्वाइँ’को छायांकन थालेका छन् । जिल्लाको लुगममा शुभसाइत पूजासहित छायांकन सुरु भएको निर्माता जनक घर्तीले बताए ।

    यो फिल्मबाट अनिल बुढामगरले कथानक फिल्ममा डेब्यु गर्दैछन् । पूर्वी रुकुमको लगुम, तकसेरा, ढोरपाटन लगायतका थलोमा फिल्म छायांकन हुने जनाइएको छ ।

    ३५ दिनको छायांकन तालिका राखिएको फिल्ममा बुद्धि तामाङ, शिशिर बाङ्देल, पुष्कर गुरुङ, भोलाराज सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, विना मगर, खड्गबहादुर पुन, सोनाम लामा, बिवेश बुढा, सुनिल मगरलगायतले अभिनय गर्नेछन् ।

    जीएम मुभी प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयंको हो भने पटकथा र संवाद लेखनमा उनलाई सुवास कोइराला र विनोद खतिवडाले साथ दिएका छन् । फिल्मलाई सुशन प्रजापतिले खिच्नेछन् भने रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन् ।

    फिल्मको अन्तर्राष्ट्रिय वितरण एमएसएम इन्टरटेनमेन्टले गर्दैछ भने नेपालको वितरण अधिकार आरआर फिल्म्सले गर्नेछ । असार २८ गते प्रदर्शन हुने फिल्म मगर संस्कृतिसँग नजिक रहेर निर्माण हुने निर्देशक मगरले बताए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार