शुक्रबार, साउन २२ गते २०८३

‘ऊनको स्विटर’को गीत ‘फूल’ युट्युबको ट्रेन्डिङको शीर्ष स्थानमा

‘ऊनको स्विटर’को गीत ‘फूल’ युट्युबको ट्रेन्डिङको शीर्ष स्थानमा

अखबार दैनिक
शुक्रबार, फागुन ११ २०८०
  • ‘ऊनको स्विटर’को गीत ‘फूल’ युट्युबको ट्रेन्डिङको शीर्ष स्थानमा

    काठमाडौँ । फिल्म ‘ऊनको स्विटर’को टाइटल गीत ‘फूल’ युट्युबको ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको छ । सार्वजनिक भएको एक सातामा १२ लाख बढी भ्यूज पाउँदै गीत युट्युबको ट्रेन्डिङको शीर्ष स्थानमा आउन सफल भएको हो ।

    फिल्म घोषणा समय सानो अंश सार्वजनिक भएको पुरै अंश अहिले सार्वजनिक गरिएको हो । गीतमा हर्क साउदका शब्द,  सुजन चापागाईँको स्वर तथा संगीत रहेको छ । 

    गीतको भिडियोलाई मोसन ग्राफिक्समार्फत् प्रस्तुत गरिएको छ।  मोसन ग्राफिक्सले फिल्मका मुख्य पात्रको प्रेमकथाको केही अंश प्रस्तुत गर्छ । गीतमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको प्रेमिल भाव सुन्दर तरिकाले चित्रण गरिएको छ।

    ‘ऊनको स्विटर’ नवीन चौहानले निर्देशन गर्न लागेका हुन् । फिल्ममा विपिन र मिरुनाको अलवा माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश  लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावती लगायतका कलाकारको अभिनय रहनेछ । फिल्मलाई निर्देशक चौहानले नै लेखेका हुन् । आगामी वैशाखबाट फ्लोरमा जाने फिल्म पाँचथरमा छायाङ्कन गरिनेछ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार