शुक्रबार, साउन २२ गते २०८३

‘कमेडी च्याम्पियन’ लिएर दर्शक भेट्दै ‘महाजात्रा’

‘कमेडी च्याम्पियन’ लिएर दर्शक भेट्दै ‘महाजात्रा’

अखबार दैनिक
शुक्रबार, फागुन ११ २०८०
  • ‘कमेडी च्याम्पियन’ लिएर दर्शक भेट्दै ‘महाजात्रा’

    काठमाडौँ । फिल्म ‘महाजात्रा’ युनिटले फिल्मको प्रचार तथा दर्शक भेटघाटका लागि ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । निर्माण युनिटले ‘महाकमेडी यात्रा’ फागुन २१ देखि दुई चरणमा हुने जानकारी दियो । ‘हामीले फिल्मको प्रदर्शन अगाडि मोफसलका विभिन्न सहरमा पुगेर दर्शक भेटघाट गर्न लागेका हौँ’ निर्माता म्याक्स दीपेश खत्रीले ‘दर्शकसँग साक्षात्कार गर्दा हामीसँग रियालिटी शोमार्फत उदाउनु भएका कमेडियनसँगै हाम्रो फिल्मका कलाकार रहनेछन् ।’

    खत्रीका अनुसार फिल्मका तर्फबाट अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, राजाराम पौडेल, अभिनेत्री वर्षा राउत सहभागी हुनेछन् । ‘महाकमेडी यात्रा’ २१ गते पोखराबाट सुरु भई २२ गते बुटवल, २५ गते धनगढीमा हुनेछ । यसको दोस्रो चरण फागुन ३० गते विर्तामोडबाट सुरू भई १ गते इटहरी, ३ गते हेटौँडा र ४ गते नारायणगढमा हुनेछ ।

    भ्रमणमा अभिनेत्री दीपाश्री निरौला, कमेडियन सुमन कार्की, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, प्रभात लामा, सन्तोष थापासँगै कमेडी च्याम्पियनको तेस्रो सिजनका प्रतियोगीले तयार गरेका विभिन्न प्रस्तुतिमार्फत रोड शोमा दर्शकलाई मनोरञ्जन दिइनेछ । फिल्मको प्रचार प्रसारका लागि काठमाडौँ झैँ मोफसलमा पनि उत्तिकै गतिविधि गर्न यो कार्यक्रमतय भएको निर्माता खत्रीले बताए ।

    प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक सफलतापछि त्यसका तेस्रो शृङ्खलाको रुपमा ‘महाजात्रा’ बनेको हो । फिल्ममा ‘जात्रा’ शृङ्खलाकै कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, राजाराम पौडेलसँगै यसपटक अभिनेता हरिवंश आचार्य थपिएका छन् ।

    पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानै फिल्मको कथा हो । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हासो र रोदनको मिश्रण बताइन्छ । फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने बताए ।

    फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ । फिल्मका म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता हुन् ।

    यसमा जितबहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल फिल्मका सङ्गीतकार हुन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार