शुक्रबार, साउन २२ गते २०८३

नेपाल आइडलको नयाँ सिजन फागुन २५ बाट

नेपाल आइडलको नयाँ सिजन फागुन २५ बाट

अखबार दैनिक
बिहीबार , फागुन १७ २०८०
  • नेपाल आइडलको नयाँ सिजन फागुन २५ बाट

    काठमाडौं । एपीवान टेलिभिजनबाट निर्माण तथा प्रसारण हुँदै आएको अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करण फागुन २४ देखि प्रसारण हुने भएको छ। पाँचौं संस्करणमा देशभरिबाट १ सय ५२ जना छानिएका छन्। उनीहरूले आगामी चरणका लागि प्रतिस्पर्धा गर्नेछन्। 

    देशभर भएका ओपन अडिशनदेखि जज राउण्ड अडिशनका जीवन्त प्रस्तुति शृंखलाहरूमा देखाइने एपी वान टेलिभिजनले जनाएको छ। गायन प्रतिस्पर्धामार्फत आफूभित्र छरिएर रहेको प्रतिभालाई उजागर गर्ने एउटा अभूतपूर्व प्लेटफर्म नेपाल आइडल रहेको र यसले नयाँ प्रतिभाहरूलाई विशेष अवसर दिँदै आएको एपी वानले जनाएको छ।

    पाँचौं संस्करको निर्णायकमा न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका छन्। उनीहरूले यसअघि तीन संस्करणमा पनि निर्णायक रहेका थिए। त्यस्तै आसिफ साह र रीमा विश्वकर्माले नेपाल आइडलको मञ्चलाई रोचक बनाउने एपी वानले जानकारी दिएको छ।

    नेपाल आइडलले पाँचौं संस्करणका लागि झापाको विर्तामोड, महोत्तरीको बर्दिबास, मकवानपुरको हेटौंडा, कैलालीको अत्तरिया, सुर्खेतको विरेन्द्रनगर, दाङको घोराही र कास्कीको पोखरा र काठमाडौंमा अडिशन गरेको थियो। त्यस्तै डिजिटल अडिशनबाटसमेत प्रतिस्पर्धीले सहभागिता जनाएका थिए। यसअघि बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं र भूपेन्द्र थापा मगर नेपाल आइडल भइसकेका छन्। 'जहाँ संगीत जीवन्त हुन्छ' स्लोगनका साथ नेपाल आइडलको पाँचौं संस्करणको भिभो मोबाइलले मुख्य प्रायोजन गरेको छ।  

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार