शुक्रबार, साउन २२ गते २०८३

जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’ बन्द

जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’ बन्द

अखबार दैनिक
मंगलबार, फागुन २२ २०८०
  • जितु नेपालको ‘मुन्द्रेको कमेडी क्लब’ बन्द

    काठमाडौं । हास्यकलाकार जितु नेपालले सञ्चालन गरिरहेको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ कार्यक्रम बन्द हुने भएको छ । नेपालले ‘मुन्द्रेको कमेडी क्लब’ कार्यक्रम बन्द भएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आजदेखि कार्यक्रम बन्द भएको जानकारी दिएका हुन् । एक्कासी कार्यक्रम बन्द गर्नुको खास कारण  भने खुलाएका छैनन् ।

    उनले आज अन्तिम भाग प्रशारण गरेर कार्यक्रम कहिलेसम्मको लागि बन्द हुने उल्लेख गरेका छैनन्। उनले लेखेका छन्,अन्तत आजबाट बिदा मागीयो आज अन्तीम भाग ३ सिजन गरेर १८४ भाग गरीएछ। सबै प्रती आभारी छु। भन्न पर्ने कुरा सबै कार्यक्रममै भनेको छु, एक्कासी बन्द गर्न पर्ने केही कारण चॅाही भनेको छैन अहीले पनि भनिन समय आएपछि भनौला ।’

    उक्त कार्यक्रम ३ सिजन गरेर १८४ भाग प्रशारण गरिसकेको जनाएको छ । यसअघि २०७८ कात्तिकमा पनि कार्यक्रम बन्द गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार