शुक्रबार, साउन २२ गते २०८३

गायिका एलिना चौहानले मागिन् माफी

गायिका एलिना चौहानले मागिन् माफी

अखबार दैनिक
आइतबार, फागुन २७ २०८०
  • गायिका एलिना चौहानले मागिन् माफी

    गत फागुन २० गते पर्वतको कुश्मामा आयोजित मगर महोत्सवमा गायिका एलिना चौहान र साउण्ड टेक्निसियनबीच भएको विवाद बढ्दै गएर बहिस्कारसम्मको अवस्थामा पुगेपछि गायिका चौहानले माफी मागेकी छिन् ।

    साउण्ड सिस्टम व्यवसायीले एलिनाले माफी नमागेसम्म उनी सहभागी हुने कुनै पनि कार्यक्रममा साउण्ड सिस्टम बहिष्कार गर्ने घोषणा गरेका थिए । सो घोषणा लगत्तै एलिनाले फेसबुकमार्फत् आफ्ना धारणा सार्वजनिक गर्दै आफूले आत्मालोचना गर्ने बताएकी छन् ।

    सार्वजनिक भिडियो र समाचार मुनि आएका कमेन्टमा गायिकाले आफ्नो वेट मेन्टेन गर्नुपर्ने, त्यसरी माइकबाटै विवादमा उत्रन नहुने, साउण्ड प्राविधिकले पनि ख्यातिप्राप्त गायिकामाथि पहिले स्वर मिलाएर आउनू, हामी झन् बढी कार्यक्रम गरिसकेका छौँ जस्ता शब्द प्रहार गरी अपमान गर्न हुने थिएन भन्ने प्रतिक्रिया देखिन्छ ।

    एलिनाले लेखेकी छन्:
    जीवन भनेकै सिकाई र भोगाई त रहेछ। देश तथा विदेशका श्रोता दर्शकको माया नै मेरा लागि अक्सिजन हो। त्यहि कारण म जे छु आज छु। हिजो जस्ती थिए उस्तै छु। सफलता र प्राप्तिले मलाई आफ्नो धरातल कहिल्यै बिर्साएन। बिर्सिने पनि छैन। किनकी मलाई त भुँईबाट उठाएर तपाईंहरुले गायिका बनाउनुभयो।

    तपाईंहरुकै मायाले आज देश तथा विदेशका आयोजकहरुले मलाई मञ्च उपलब्ध गराईरहनुभएको छ। त्यसैले पनि पारिश्रमिकलाई महत्व नदिई सकेसम्म म सबै जसो ठाउँमा पुग्ने प्रयास गरिरहेकै छु।

    साउण्ड ईन्जिनियर, रेकर्डिष्ट, छाँयाकार, अडियो/भिडियो सम्पादक सबै पर्दा पछाडीका हिरो हुन। जो हामीलाई दर्शक श्रोता बिच पुर्याउने मुल पात्र नै हुनुहुन्छ भन्ने मैले मसिनो गरि बुझेको छु। म उहाँहरुको सम्मान र स्वाभिमान प्रति सधै सचेत छु।

    यति हुदा हुदै पनि गत हप्ता पर्वतको एउटा साङ्गीतिक कार्यक्रममा प्रस्तुतीका लागि पुग्दा त्यहाँ एउटा आकस्मिक घटना हुन पुग्यो, जुन नहुनु पर्ने थियो।

    सो घटनामा तत्कालिन समयमा म आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिन पुगेका प्रति आत्मालोचना गर्दछु। मञ्चिय प्रस्तुतीका क्रममा साउण्ड ईन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माईकबाटै राखिदिने स्वाभावलाई मैले मेरो कमजोरीका रुपमा स्वीकार गर्दछु। आगामी दिनहरुमा म त्यस प्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गर्दछु। जय गीत, जय संगीत।

    गायिका
    एलिना चौहान

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार