शुक्रबार, साउन २२ गते २०८३

नेपाल मिस वर्ल्डको उत्कृष्ट ४० मा, ‘ब्युटी विथ पर्पस’ विधामा एसियाली विजेता

नेपाल मिस वर्ल्डको उत्कृष्ट ४० मा, ‘ब्युटी विथ पर्पस’ विधामा एसियाली विजेता

अखबार दैनिक
आइतबार, फागुन २७ २०८०
  • नेपाल मिस वर्ल्डको उत्कृष्ट ४० मा, ‘ब्युटी विथ पर्पस’ विधामा एसियाली विजेता

    काठमाडौं । नेपालले ७१ औं मिस वर्ल्डमा उत्कृष्ट ४० सम्मको यात्रा तय गर्न सफल भएको छ । मिस नेपाल वर्ल्ड २०२२ प्रियंकारानी जोशी क्वार्टरफाइनलबाट बाहिरिइन् ।

    प्रतिस्पर्धामा नेपाल ‘ब्युटी विथ अ पर्पस’ विधामा एसिया महादेशबाट विजेता बन्यो । यो विधामा जितसँगै प्रियंकाले उत्कृष्ट ४० अर्थात क्वार्टरफाइनलसम्मको यात्रा तय गरेकी थिइन् ।

    ‘ब्युटी विथ अ पर्पस विधा’मा भने ब्राजिल समूह विजेता बन्यो । यसपटक प्रत्येक महादेशबाट विजेता चयन गरिएको थियो । यो संस्करणको मिस वर्ल्डबाट महादेशीय विजेता चुन्ने नयाँ अभ्यास सुरु भएको छ ।

    मुम्बईको जियो कन्भेन्सन सेन्टरमा फिनाले आयोजना गरिएको थियो । बलिउड फिल्म निर्माता करण जोहर र पूर्व मिस वर्ल्ड मेगन योङले समारोह होस्ट गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार