शुक्रबार, साउन २२ गते २०८३

सफलताका साथ दोस्रो सातामा ‘उपहार’

सफलताका साथ दोस्रो सातामा ‘उपहार’

अखबार दैनिक
शुक्रबार, चैत २ २०८०
  • सफलताका साथ दोस्रो सातामा ‘उपहार’

    काठमाडौं । फागुन २५ गते शुक्रवार प्रदर्शनमा आएको चलचित्र ‘उपहार’ सफलताका साथ दोस्रो सातामा प्रवेश गरेको छ ।

    दोस्रो सातामा पनि योचलचित्रले दर्शकको अभाव भोग्नु परेको छैन । दर्शकबाट राम्रो वर्ड अफ माउथ पाएकाले पनि चलचित्र पहिलो हप्ताको शोलाई यथावत राख्दै दोस्रो सातामा प्रवेश गरेको हो ।

    ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यो चलचित्र यतिबेला देशभरका हलहरुमा सफलताका साथ प्रदर्शन भैरहेको छ । अभिनेत्री रेखा थापाले ‘मालिका’ पछि यो चलचित्रबाट ५ वर्षपछि निर्माण र अभिनयमा कमब्याक गरेकी हुन ।

    यो चलचित्र रिलिज पश्चात उनको क्रेज नघटेको चर्चा भैरहेको छ । साथै, यश पटक हलमा पूजा र बेनिशाको पनि राम्रो क्रेज देखिएको थियोे । यस्तै निर्देशक देउजाको कामको पनि तारिफ भैरहेको छ ।

    रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।

    बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । विष्णु कल्पित घिमिरेको छायांकन रहेको चलचित्रमा मित्र डि गुरुङको सम्पादन रहेको छ भने अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।

    अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । चलचित्रको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार