आइतबार, भदौ १४ गते २०८३

एनसेलको सन्देशमूलक होली विशेष भिडियो सार्वजनिक

एनसेलको सन्देशमूलक होली विशेष भिडियो सार्वजनिक

अखबार दैनिक
शुक्रबार, चैत ९ २०८०
  • एनसेलको सन्देशमूलक होली विशेष भिडियो सार्वजनिक

    काठमाडौ- एनसेलले नयाँ पुस्तालाई लक्षित गर्दै होली पर्वको महत्त्व बुझाउने सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ। ‘आफ्नो लागि मात्र होइन, आफ्नाहरूका लागि पनि हरेक पर्व विशेष बनाऔं’ भन्दै एनसेलले उक्त भिडियो सन्देश बनाएको जनाएको छ।

    आपसी मेलमिलाप र सद्भाव एवं सामाजिक एकताका लागि फागुन शुल्क पूर्णिमाका दिन मनाइने होली प्रमुख चाड हो।

    तर, साथीभाइ, आफन्त र परिवारसँग मिलेर रंगहरू खेल्दै, खुसी साट्दै मनाइने यो पर्वको रौनक विस्तारै हराउँदै गएको भन्दै एनसेलले छोराछोरी आफ्नै तरिकाले होली खेल्न घरबाहिर जाँदा बुवाआमा एक्लै हुने कथालाई महत्त्व दिएर एनसेलले भिडियो बनाएको जनाएको छ।

    भिडियोमा नयाँ पुस्ताले दूरसञ्चार प्रविधि प्रयोगमार्फत कसरी बुवाआमाको विगतका खुसीलाई वर्तमानमा पनि स्थापित गर्न सक्छन् भन्ने सन्देश दिइएको छ।

    सन्तानका हरेक खुसीका लागि समर्पित हुँदाहुँदै जीवन बिताएका बुवाआमालाई तिनै सन्तानले दिएको एउटा खुसी पनि कति महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश भिडियो उतारिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ