शुक्रबार, साउन २२ गते २०८३

सातौँ ग्लोबल नेपाली फिल्म अवार्ड सेप्टेम्बर २८ मा अमेरिकाको न्यूयोर्क शहरमा हुने

सातौँ ग्लोबल नेपाली फिल्म अवार्ड सेप्टेम्बर २८ मा अमेरिकाको न्यूयोर्क शहरमा हुने

अखबार दैनिक
सोमबार, चैत १२ २०८०
  • सातौँ ग्लोबल नेपाली फिल्म अवार्ड सेप्टेम्बर २८ मा अमेरिकाको न्यूयोर्क शहरमा हुने

    काठमाडौं । 'नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को सातौँ संस्करण अमेरिकाको न्यूयोर्कमा २०२४ सेप्टेम्बर २८ तारिखमा हुने तय भएको छ । चलचित्रकर्मीलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्डको आयोजना गरिदै आएको र यस वर्षको अवार्ड कार्यक्रम पनि अघिल्लो वर्षझैँ न्यूयोर्क शहरमा हुने नेपाल फिल्म सोसाइटीका केन्द्रिय अध्यक्ष कृष्ण मल्लले बताउनु भएको छ । एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रयोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्युरेन्स कम्पनीको सह-प्रयोजनमा हुने ग्लोबल नेपाली फिल्म अवार्डको सातौँ संस्करणको स्थानीय मुख्य आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्क रहने भएको छ भने आयोजकको रुपमा नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्डले सातौँ ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना गर्ने अवार्डका अध्यक्ष नवराज श्रेष्ठले जानकारी गराउनुभएको छ।

    अवार्डका अघिल्ला ६ संस्करणहरू कोलोराडो, सनफ्रान्सिस्को र न्यूयोर्क शहरमा सफलता पुर्बक सम्पन्न भएका थिए। अवार्ड आयोजनाको उद्देश्य अमेरिकामा नेपाली फिल्मको प्रवर्द्धन, नेपाली कलाकार तथा अमेरिकावासी नेपाली जनसमुदायहरू बीच प्रत्यक्ष साक्षात्कार गराउनु रहेको आयोजक संस्था त्रिवेणी इन्टरटेनमेन्ट एलएलसी न्यूयोर्कका अध्यक्ष तथा दिल कुमारी केसी मेमोरियल फाउण्डेसन इन्क न्यूयोर्कका अध्यक्ष नवराज केसीले बताउनु भयो । ‘नेपाललाई चलचित्र पर्यटनको गन्तव्य बनाउन अवार्डले भूमिका खेल्नेछ’, केसीले भन्नुभयो। अवार्डका लागि नेपालबाट अमेरिका आउने कलाकार र अमेरिकामा बस्ने कलाकर्मीहरूको पुनर्मिलन गराउने र नेपाललाई विश्व माझ चलचित्र छायांकन गर्न सुन्दर ठाउँको रूपमा प्रचारप्रसार गर्नु पनि अवार्डको उद्देश्य रहेको त्रिवेणी इन्टरटेनमेन्ट एसएलसी न्यूयोर्कका अर्का आयोजक खम लाल भट्ट बताउनुहुन्छ ।

    नेपाली चलचित्रको युग परिवर्तन भएको र नेपाली चलचित्रहरू पनि अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य भएकोले नेपाली चलचित्रको सफलता विदेशमा गएर मनाउनका लागि पनि यो अवार्ड महत्वपूर्ण रहेको छ । अमेरिकामा नेपालबाट धेरै कलाकारहरू पुगेका छन्, उनीहरूसँग पुनर्मिलन गर्नु पनि अवार्डको अर्को उद्देश्य हो । संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्य रहेको कृष्ण मल्ल बताउनुहुन्छ । विदेशमा आयोजना हुँदै आएको नेपाली अवार्ड मध्य सबै भन्दा प्रतिष्ठित अवार्ड ग्लोबल नेपाली फिल्म अवार्ड युएसए बनेको हुँदा पनि यस अवार्ड कार्यक्रमले सिंगो देशको प्रतिनिधित्व गर्दै नेपाली चलचित्र क्षेत्रलाई फराकिलो बनाएको उहाले जानकारी गराउनु भयो। अवार्डको लागि चलचित्र छनौट समिति चाडै गठन हुने र चलचित्र छनौट प्रक्रिया अगाडि बढाउनुको साथै नेपालबाट अवार्ड कार्यक्रममा सहभागी हुने कलाकार तथा समावेश हुने चलचित्रहरूको जानकारी केही समय पछि प्रेस विज्ञप्ति मार्फत सम्प्रेषण गरिने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार