शुक्रबार, साउन २२ गते २०८३

‘घरज्वाइँ’ को क्यारेक्टरमा मिरुना र दयाहाङको लुक्स सार्वजनिक

‘घरज्वाइँ’ को क्यारेक्टरमा मिरुना र दयाहाङको लुक्स सार्वजनिक

अखबार दैनिक
आइतबार, चैत १८ २०८०
  • ‘घरज्वाइँ’ को क्यारेक्टरमा मिरुना र दयाहाङको लुक्स सार्वजनिक

    काठमाडौँ । फिल्म ‘घरज्वाइँ’ को दुई क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको दुई पोस्टर सार्वजनिक गर्दै अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको क्यारेक्टर लुक्स बाहिर ल्याएको हो ।

    अनिल बुढामगर निर्देशित फिल्म एउटा पोस्टरमा लुक्समा बन्दुक बोकेका अभिनेता दयाहाङ राई रिसाहा अवतारमा प्रस्तुत भएका छन् भने अर्कोमा उनी अभिनेत्री मिरुना मगरका पछि  डोकोहरूको चाङ बोकेर हिँडेको देखिएका छन् ।

    कूल मिलाएर यी दुई पोस्टरले चरित्र चित्रण र फिल्मको सेटिङ दर्शाउँछ । ‘रोल्पा रोग’ फेम्ड निर्माता जनक घर्ती मगरले चाँडै आधिकारिक पोस्टर ल्याउने जनाए ।

    फिल्ममा बुद्धि तामाङ, शिशिर बाङ्देल, पुष्कर गुरुङ, भोलाराज सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, विना मगर, खड्गबहादुर पुन, सोनाम लामा, बिवेश बुढा, सुनिल मगरलगायतले अभिनय गरेका छन् ।

    जीएम मुभी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक मगर स्वयंको हो भने पटकथा र संवाद लेखनमा उनलाई सुवास कोइराला र विनोद खतिवडाले साथ दिएका छन् । फिल्मलाई सुशन प्रजापतिले खिचेका छन् भने रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन् । ‘घरज्वाइँ’ २८ असार २०८१ मा रिलिज हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार