शुक्रबार, साउन २२ गते २०८३

चलचित्र संघको अध्यक्षमा महर्जन निर्वाचित

चलचित्र संघको अध्यक्षमा महर्जन निर्वाचित

अखबार दैनिक
आइतबार, चैत १८ २०८०
  • चलचित्र संघको अध्यक्षमा महर्जन निर्वाचित

    फिल्म हल सञ्चालक तथा वितरकको छाता संस्था नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित भएका छन्। संघको शनिबार भएको ४९ औं साधारणसभा तथा कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवेर शर्मालाई पराजित गर्दै महर्जन अध्यक्षमा निर्वाचित भएका हुन्। 

    आइतबार बिहान सकिएको मतगणनामा महर्जनले १०४ मत प्राप्त गरे भने शर्माले ४६ मत पाए। सदस्यहरूमा करण श्रेष्ठ, प्रज्वल शमशेर जबरा, देवेन्द्र खड्गी, छविराज ओझा, गोपालकाजी कायस्थ, ओम जैशी, कपिल द्वा, सुरेन्द्र थापा, आशिष तामाङ, दिप्रश शाक्य, नीरज गुप्ता निर्वाचित भएका छन्। नयाँ कार्यसमितिको पहिलो बैठकले विधानअनुसार विभिन्न पदमा मनोनीत गर्ने जनाइएको छ।

    अध्यक्षमा निर्वाचित महर्जन प्रदर्शकसँगै चलचित्र निर्माता तथा वितरक समेत हुन्। उनी यसअघि संघको महासचिव थिए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार