आइतबार, भदौ १४ गते २०८३

अस्मिता अधिकारी र रोम नामजालीको स्वरमा ‘तीन तारा तीनतिर’ सार्वजनिक

अस्मिता अधिकारी र रोम नामजालीको स्वरमा ‘तीन तारा तीनतिर’ सार्वजनिक

अखबार दैनिक
आइतबार, चैत १८ २०८०
  • अस्मिता अधिकारी र रोम नामजालीको स्वरमा ‘तीन तारा तीनतिर’ सार्वजनिक

    चैत १८ काठमाडौं । चर्चित गायिका अस्मिता अधिकारी र रोम नामजालीको स्वर रहेको गीत ‘तीन तारा तीनतिर’ सार्वजनिक भएको छ। गीत युट्युब च्यालन रोलेक्स इन्टरटेनमेन्टबाट सार्वजनिक भएको हो।

    आन्दन अधिकारीले लेखेको गीतमा गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईले संगीत भरेका छन्। गीतलाई महाराज थापाले एरेन्ज गरेका छन्।

    दुई दशक नेपाली संगीत क्षेत्रमा क्रियाशील भुवन अहिले भने अमेरिकामा बसोबास गर्छन्। गीतमा रोमको स्वर अमेरिकामै र अस्मिताको स्वर नेपालमा रेकर्ड गरिएको संगीतकार भुवनले बताए।

    गीतको भिडियो निकेश खड्काले निर्देशनमा तयार गरिएको छ। भिडियोमा चर्चित कलाकार बुद्धी तामाङ र रजनी गुरुङ फिचर्ड छन्। उत्तम हुमागाईंले खिचेको भिडियोलाई राजकिङ वाइवाले कोरियोग्राफी गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ