बिहीबार , साउन २१ गते २०८३

‘महाजात्रा’तेस्रो सातामा प्रवेश,दश करोड चौध लाख रुपैयाँ ग्रस कलेक्सन

‘महाजात्रा’तेस्रो सातामा प्रवेश,दश करोड चौध लाख रुपैयाँ ग्रस कलेक्सन

अखबार दैनिक
शुक्रबार, चैत २३ २०८०
  • ‘महाजात्रा’तेस्रो सातामा प्रवेश,दश करोड चौध लाख रुपैयाँ ग्रस कलेक्सन

    चैत्र २३ काठमाडौं । नेपाली  प्रदर्शनरत चलचित्र ‘महाजात्रा’ तेस्रो सातामा प्रवेश गरेको छ । देशभरका एकसय भन्दा बढी हलमा प्रदर्शनरत चलचित्रले दुई सातामा दश करोड चौध लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । पहिलो साता ६ करोड २४ लाख ग्रस कलेक्सन गरेको चलचित्रले पछिल्लो साता तीन करोड नब्बे लाख ग्रस कलेक्सन गरेको हो ।

    दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा चलचित्रलाई देशभरका सिनेमा हलले उच्च शो दिएका छन् । चलचित्रलाई प्राप्तले शोले ‘महाजात्रा’ ले तेस्रो सातामा पनि आक्रामक व्यापार गर्ने निश्चित भएको छ । 

    भारत बाहेकको फिल्म वितरणको अधिकार प्राप्त एमएसएम इन्टरटेनमेन्ट्सका अनुसार नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अष्ट्रेलियामा दुईसातामा ५७ शो भएको छ । यस्तै, अमेरिकामा ५० शो, न्युजिल्यान्डमा १२ शो, युरोप अन्तर्गतका देशमा ३५ शो, क्यानडामा १० शो, जापानमा १० शो र दक्षिण कोरियामा १० शो भईसकेको छ ।

    यी सबै शो सोल्ड आउट भएका थिए । मध्यपूर्व अन्तर्गतका देशहरू कतार, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमान र मलेसियामा नियमित बक्सअफिसमा प्रदर्शन भइरहेको छ । मलेसियामा ६० शो भईसकेको छ भने युनाइटेड अरब इमिरेस्टमा दैनिक २० शो भइरहेको छ । अर्थात् नेपाल झैँ मध्यपूर्वका ठूला सिनेमा चेनहरु भक्स, स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा चलचित्र विदेशी झैँ नियमित प्रदर्शन भइरहेको छ ।

    चैत ९ गतेदेखि प्रदर्शनरत चलचित्रमा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ । चलचित्रले पहिलो सातामा पाएको दर्शकले दोस्रो साताका लागि प्रचार गरिदिएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए । तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको चलचित्रलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन् ।

    चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । चलचित्रलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार