बिहीबार , साउन २१ गते २०८३

आगामी सातादेखि रोकिएको 'कमेडी च्याम्पियन' को सुचारू हुने

आगामी सातादेखि रोकिएको 'कमेडी च्याम्पियन' को सुचारू हुने

अखबार दैनिक
शुक्रबार, चैत २३ २०८०
  • आगामी सातादेखि रोकिएको 'कमेडी च्याम्पियन' को सुचारू हुने

    लोकप्रिय कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन' को तेस्रो सिजनको रोकिएको प्रसारण आगामी सातादेखि सुचारू हुने भएको छ। च्याम्पियनको टिम सडक दुर्घटनामा परेपछि शोको प्रसारण रोकिन पुगेको थियो। दुई साताअघि १२ एपिसोड प्रसारणपश्चात दर्शकले नयाँ एपिसोड हेर्न पाएका छैनन्। 

    अब आगामी सातादेखि शोको नयाँ एपिसोड प्रसारणमा आउने भएको प्रस्तुतकर्ता थ्री प्रोडक्सनले जानकारी दिएको छ। थ्री प्रोडक्सनले एक नोटिस जारी गर्दै आगामी सातादेखि दर्शकले उत्कृष्ट १० को प्रस्तुति हेर्न पाउने जनाएको छ। 

    'कमेडी च्याम्पियन' को टिम चढेको कार भक्तपुरको जगातीमा दुर्घटना हुँदा ६ जना घाइते भएका थिए। जसमध्ये ५ जना अस्पतालबाट डिस्चार्ज भएर स्वास्थ्यलाभ गरिरहेका छन्। गम्भीर घाइते तेस्रो सिजनका सहायक निर्देशक सुशान्त बस्यालको स्वास्थ्य अवस्थामा पनि सुधार आएको जानकारी कमेडी च्याम्पियन टिमले दिएको छ। 

    विशाल भण्डारीको निर्देशन रहेको यो शोलाई रीमा विश्वकर्मा र मेक्सम गौडेलले होस्ट गरिरहेका छन्। सन्तोष पन्त, मनोज गजुरेल, प्रदिप भट्टराई र ऋचा शर्मा निर्णायक छन्।बिहीबार र शुक्रबार राती ९ बजेदेखि कान्तिपुर टेलिभिजमा प्रसारणमा आउने शो युट्युबमा 'ओएसआर रियालिटी' मार्फत सार्वजनिक हुने गर्छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार