बिहीबार , साउन २१ गते २०८३

‘रामायण’की सीताले भनिन्- रामजीको चरित्रबाट धेरै सिक्न सकिन्छ

‘रामायण’की सीताले भनिन्- रामजीको चरित्रबाट धेरै सिक्न सकिन्छ

अखबार दैनिक
आइतबार, चैत २५ २०८०
  • ‘रामायण’की सीताले भनिन्- रामजीको चरित्रबाट धेरै सिक्न सकिन्छ

    काठमाडौं । चर्चित भारतीय धाराबाहिक श्रृंखला ‘रामायण’मा सीता माताको भूमिका निर्वाह गर्ने अभिनेत्री दीपिका चिखलियाले रामायण नीति कथाबाट धेरै कुराको ज्ञान लिन सकिने बताएकी छन्।  

    शनिबार काठमाडौंमा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावासको १४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै दीपीकाले रामायणबाट भगवान राम एक असल पुत्र, भाई र श्रीमान हुनुहुन्थ्यो भन्ने कुराको जानकारी कथा रामायणले प्रस्तुत गरेको बताइन्। 

    उनले भनिन,‘रामायणबाट धेरै कुरा जान्न सकिन्छ। सिक्न सकिन्छ। रामजीको चरित्रबाट भगवान राम आदर्श र असल पुत्र भएको जानकारी कथा रामायणले दिएको छ। उहाँ एक असल पुत्र, असल भाई र असल श्रीमान हुनुह्न्थ्यो भन्ने कुरा रामायण सिकाएको छ।’ उतीबेला दुई तीन बिहे गर्ने चलन रहेको भएपनि भगवान रामले सिताका लागि धर्म निभाएको विषयलाई नजरअन्दाज गर्न नमिल्ने उनको भनाइ थियो।

    रामायणको हरेक भागबाट केही न केही सिक्न सकिने उल्लेख गर्दै उनले भगवान रामको १४ वर्षे बनबास हुँदै रानी सितालाई अयोध्या लिएर आएको कथाकै पेरिफेरीमा घुमेको उल्लेख गरिन्। रामायणकी सीता शनिबार साँझ आर्मी अफिसर्स क्लबमा प्रकट हुने भएकी छिन्। धेरै नेपाली दर्शकमाझ लोकप्रियता कमाएकी उनी शुक्रबार नेपाल आइपुगेकी हुन्।

    भारतीय लोकसभाकी पूर्वसांसदसमेत रहेकी चिखिलिया टेलिभिजनसँगै बलिउड र मलायमल फिल्ममा समेत अभिनय गरेकी छन्। रामानन्द सागर निर्देशित ‘रामायण’ बाट उनी बढी लोकप्रिय छिन्। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार