बिहीबार , साउन २१ गते २०८३

यस्तो छ 'कल्की २८९८ एडी' मा अमिताभ बच्चनको लुक्स

यस्तो छ 'कल्की २८९८ एडी' मा अमिताभ बच्चनको लुक्स

अखबार दैनिक
आइतबार, वैशाख ९ २०८१
  • यस्तो छ 'कल्की २८९८ एडी' मा अमिताभ बच्चनको लुक्स

    दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म 'कल्की २८९८ एडी' चर्चामा छ। यो फिल्मलाई लिएर दर्शक उत्साहित छन्।

    निर्माण टिमले अभिनेता प्रभास र अभिनेत्री दीपिका पादुकोणको पोस्टर सार्वजनिक गरिसकेका छन्। यस फिल्ममा अभिनेता अमिताभ बच्चनको पनि मुख्य भूमिका छ। निर्माण टिमले शनिबार उनको एक पोस्टर सार्वजनिक गरेका छन्। पोस्टरमा अमिताभको अनुहार कपडाले ढाकिएको छ। फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसनको मुख्य भूमिका छ। 

    यो प्रभासको करियरकै सबैभन्दा महँगो फिल्म हुनेछ। भारतीय सञ्चारमाध्यमका टाइम्स अफ इन्डियाका अनुसार फिल्मको बजेट ६०० करोड भारू छ।

    नाग अश्विनले निर्देशन गर्न लागेको फिल्ममा अश्विनी दत्तको लगानी रहने छ। इन्डियन माइथोलोजीबारे फिल्मको कथा हुनेछ। यो फिल्म आगामी जेठ ८ गतेबाट रिलिज हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार