बिहीबार , साउन २१ गते २०८३

परिवर्तन नेपाल र निशा घिमिरे स्मृति कोषले गरे सर्जक र कलाकारलाई पुरस्कृत

परिवर्तन नेपाल र निशा घिमिरे स्मृति कोषले गरे सर्जक र कलाकारलाई पुरस्कृत

अखबार दैनिक
शुक्रबार, वैशाख १४ २०८१
  • परिवर्तन नेपाल र निशा घिमिरे स्मृति कोषले गरे सर्जक र कलाकारलाई पुरस्कृत

    काठमाडौं । परिवर्तन नेपाल र निशा घिमिरे स्मृति कोषले संयुक्तरुपमा सम्मान तथा पुरस्कार वितरण गरेका छन् । बिहीबार आयोजित समारोहमा वरिष्ठ कलाकारहरुले सम्मान तथा पुरस्कार हस्तान्तरण गरे ।

    परिवर्तन नेपालद्वारा स्थापित चेतन कार्की स्मृति पुरस्कार फिल्म निर्देशक आकाश अधिकारीलाई प्रदान गरियो । १५ हजार नगद रुपैयाँसहित उक्त पुरस्कार प्रदान गरियो ।

    निशा घिमिरे स्मृतिकोषद्वारा स्थापित निशा घिमिरे स्मृति पुरस्कार फिल्म निर्देशक दयाराम दाहाललाई प्रदान गरियो । अभिनेत्री अनु शाहलाई नगद २० हजार रुपैयाँसहित निशा घिमिरे स्मृति पुरस्कार प्रदान गरियो ।

    निशा घिमिरे स्मृति प्रतिभा पुरस्कार गायिका बबिता ढकाललाई नगद २० हजारसहित प्रदान गरियो । गीता अधिकारीलाई नगद १० हजारसहित निशा घिमिरे स्मृति पत्रकारिता पुरस्कार प्रदान गरियो ।

    कलाकारहरु भुवन चन्द, बसुन्धरा भुषाल, चैत्य देवी, मिथिला शर्मा, शर्मिला मल्ल, सपना श्रेष्ठ, महिला निर्देशक सुचित्रा श्रेष्ठ, निर्देशक तथा कलाकार दीपाश्री निरौला, निशा घिमिरे स्मृति कोषका अध्यक्ष दुर्गानाथ दाहाल, परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ फिल्म लेखक तथा निर्देशक मोहन निरौला लगायतले पुरस्कार प्रदान गरे ।

    निर्देशक दाहालले सम्मानप्रति धन्यवाद दिंदै सरकारले कलाकर्मी एवम् फिल्मकर्मीको हितको लागि सामाजिक सुरक्षा कोषको निर्माण गर्नुपर्नेमा जोड दिए । आफू चलचित्र विकास बोर्डको अध्यक्ष रहँदादेखि नै सामाजिक सुरक्षा कोषको लागि पहल थालेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार